सिजीको  इलेक्ट्रोनिक मल्टिब्राण्ड शोरुम पोखरामा

पाेखरा | बैशाख ११, २०८०

सिजीको  इलेक्ट्रोनिक मल्टिब्राण्ड शोरुम पोखरामा

 ​पोखरा:    प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सिजी डिजिटलको २२ औं शाखा पोखरामा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ तथा भब्य मल्टिब्रान्ड शोरुम सी जी डिजिटलको २२ औ शाखा अर्चलबोट चोकमा शुरु गरेको हो ।


उक्त शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा रिबन काटेर उद्घाटन गरे ।


सिजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु उपलव्ध छन् । एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामाग्रीहरु रहेका छन् ।


कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष प्रधानाङगले पोखराको पूरानो बजारमा बजार बिस्तारको चरण चलिरहेको बेलामा सिजी कम्पनी आउनुले व्यवसायीक फड्को मारेको बताए । पूराना मठ तथा मन्दीर, विन्दवासिनी मन्दीर लगायत कला र सस्कृतिले भरिएको क्षेत्रमा व्यवसायीक चहलपहल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।


सो अवसरमा प्रधानाङ्गले धार्मिक, सामाजिक, सांस्कृत रुपले महत्व बोकेको क्षेत्रमा आएकोमा बधाई दिदैं सामाजिक उत्तरदाीत्वका क्षेत्रमा कम्पनीले सहयोगको हात बढाउने विश्वास व्यक्त गरे । उनले वडाको तर्फबाट गर्न सकिने सहयोग गर्नका लागि प्रतिवद्धता व्यक्त गरे ।
 

कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले पोखराको स्थानीय बजारमा आफ्ना गुणस्तरिय समानहरुको शोरुम तथा सुपथ मूल्यमा बिक्रि वितरणका लागि आफुहरु आएको बताए । उनले भने, ग्राहकले अन्तरास्ट्रिय स्तरको सेवा पाउनु हुन्छ । उहाँहरुलाई सही सहजिकरण पनि हुने उदेश्यले शोरुम संचालन गरिएको बताए ।


सिजीका नुडल्सतर्फ सेल्सलाई हेर्ने सुनिल कुमार सुवेदी तथा पोखरा शाखाका शोरुम म्यानेजर सुमन घिसिङले सम्पूर्ण विद्युतीय सामानहरु, होम एप्लाईन्सेस देखि उच्च मूल्यका सामान रहेको बताए । टिभिमा १९, २० हजार देखि रुपैयाँ १० लाखसम्म मूल्यका रहेको जानकारी दिए ।


आईतबारबाट औपचारिक रुपमा शुरु भएको शोरुम हप्ताको सातै दिन बिहान १०.०० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला हुनेछ ।


सिजी प्लाजा को पहिलो तलामा शोेरुम आकर्षक ढंगले सजाईएको छ । शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको बताईएको छ । पाँचवटा किस्ताबन्दिको सुविधा र आकर्षक फ्री गिफ्टहरु रहेका छन् । कम्पनीले सी जी डिटल शोरुम पोखराकै ठूलो र भब्य भएको दाबि गरेको छ ।


सिजी डिजिटलले नेपालको केन्द्रीय राजधानी काठमाडौं लगायत बिराटनगर, इटहरी, हेटौडा र भरतपुरमा पनि शाखा संचालन गरिसकेको जानकारी दिएको छ । पोखरामा खुलेसंगै कम्पनीका शाखाहरुको संख्या २२ पुगेको छ । कम्पनीले आगामी दिनहरुमा देशका अन्य स्थानमा पनि आफ्ना शाखाहरु बिस्तारको लक्ष्य लिएको जानकारी दिएको छ । 

 नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारको टु...

थप पढ्नुहोस्

पोखरा:   ११६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी पर्यटन व्यवसायी महिला संघ(टेवान) पोखराले समाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा आज पोखरामा महिलालाई लक्षित गरी मेनोपज सचेतना ...

थप पढ्नुहोस्

काठमाडौंः    नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी ग्यास भरी प्रति सिलिण्डर आधा रु ९५५ मा बिक्री वितरण गर्ने निर्णय गरेको छ ।  निगमले बिहीबार विज्ञप्ति जारी गरी हालको परिस्थितिला...

थप पढ्नुहोस्